१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


भैरहवा । बिशेष सुविधा सहित मुलुकमै पहिलो बिशेष आर्थिक क्षेत्र (सेज)को रुपमा स्थापना भए पनि आशतित कार्य नगर्दा बिशेष आर्थिक क्षेत्र प्राधिकरण यसलाई निजि क्षेत्रलाइं सञ्चालनमा दिने मानसिकतामा पुगेको छ ।

Advertisement


सेज भैरहवामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई सेज सञ्चालनमा देखिएका कठिनाई बारे बताउदै यसका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले सेजलाई निजि क्षेत्रलाई सञ्चालन गर्न दिने बिषयमा छलफल अगाडी बढाईएको बताए । उनले सेज ऐनमा निजी क्षेत्रले पनि सेज सञ्चालन गर्न पाउने उल्लेख रहेको बताउदै उक्त प्रावधान कार्यान्वयन गर्न नियमावलीले सहज बनाएको भट्टले जानकारी गराए ।

“भैरहवा सेजलाई लिजमा सञ्चालन गर्न कनि नदिने भन्ने बिषयमा पनि सोच्नु पर्ने बेला भएको छ ।” उनले भने “निकट भविष्यमा बजार परिक्षण गर्न सूचना प्रकाशन गर्ने तयारी गरेका छौं ।” यसको लागि कार्यविधि बनाएर अगाडी बढ्नु पर्ने उनको धारणा रहेको छ । प्राधिकरणले सेजको लागि आवश्यक सहयोग सहजीकरण गर्ने गरि सञ्चालन निजि क्षेत्रले गर्ने बताए ।

अहिले सेज प्रति उद्योगीहरुको चासो घट्दै गई रहेको छ । महङ्गो भाडा, निर्यात सिमामा देखिएको कठिनाई, उद्योगलाई कर्जा लगायतको समस्याले सेज थलिएको छ । उद्योगीहरुले सेजमा उद्योग स्थापन गर्न प्राधिकरण यी बिषयहरुमा सहुलियतको लागि अनुरोध गरेको भट्टले जानकारी गराए । सेजको भाडा प्रति वर्गमिटर १ सय ५० रुपैया तोकिएकोमा अहिले त्यसलाई परिमार्जन गरि २० रुपैया पु¥याईएको छ । उद्योगीहरुले यसलाई पनि महङ्गगो भयो भनेको कारण यसलाई पुनः १० रुपैयामा झार्ने तयारी प्राधिकरणले गरेको उनले बताए ।

यस्तै सेजको सुरुवाती चरणमा उत्पादित बस्तुको ७५ प्रतिशत निर्यात गर्नु पर्ने ब्यवस्था रहेको थियो । त्यसलाई पनि परिमार्जित गरि ६० प्रतिशतमा ल्याईएको थियो । त्यो पनि बढि रहेको उद्योगीहरुको गुनासो पछि अहिले यसलाई झारेर ४० प्रतिशतमा पु¥याउने तयारी गरिएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सेज नाफा कमाउन नभई नेपालमा रहेका उद्योगीलाई अधिकतम अवसरहरु प्रदान गर्ने उद्देश्यले खोलिएको बताए ।

यसका लागि उद्योगीहरुलाई आवश्यक वातावरण मिलाउन मन्त्रालयले अधिकतम लचकता अपनाउने उनको जिकिर छ । “ब्यवस्थापन हुने गरि मात्रा न्यूनतम भाडा लिएर अधिकतम सहयोग हुने काम हामीले गरि दिनुपर्छ ।” मन्त्री रिजालले भने “ यसको लागि ऐन कानुनमा के के संशोधन गर्नु पर्छ हामी त्यसमा लाग्छौ ।” कुल ५२ बिगहा क्षेत्रफलमा फैलिएको सेजमा ६९ वटा बिभिन्न क्षेत्रफलमा प्लट रहेका छन् । अहिले सेजमा शक्ति मिनरल्स प्राली, विस्तार ग्लोबल प्राली, तिरुपति मेटल प्राली, ब्रिलियन्ट लाईटिङ्ग ईण्डष्ट्रि, पन्चकन्या एसएस प्राली, यस प्लाष्टिक प्रोडक्ट र जय बुद्ध मेटल क्राफ्ट गरि ७ उद्योग मात्र सञ्चालनमा रहेका छन् ।

यस्तै जडीबुटि, कृषि, मेटल, इलेक्ट्रिक गरि बिभिन्न १० वटा उद्योगले भैरहवा सेजसंग सम्झौता गरेको यसका कार्यकारी निर्देशक चण्डीका प्रसाद भट्टले जानकारी दिए । तत्कालका लागि एस एन जैन, गार्मेन्ट उद्योग एवम हर्बल उद्योग सञ्चालन गर्ने गरि पुकार रानाले २ वटा, तान्या एग्रो प्राली र वल्र्ड लिंकले आईटि क्षेत्रको उद्योग गरि ५ वटा उद्योगलाई अनुमति दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता