२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

झापा । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको काँग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताएका छन् ।

Advertisement

नेपाली काँग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै काँग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।

“जनतामा ठूलो छटपटी छ, आक्रोश छ”, उनले भने, “जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफूलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, काम र परिणामले चिरेर काँग्रेसले नै सही नेतृत्व गर्नसक्छ भन्ने साबित गर्नुपर्ने बेला आएको छ ।”

महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा काँग्रेसकै कोही नेताले पनि भ्रष्टाचार गरेको रहेछ भने त्यस्तो पापको भारी पार्टीले नबोक्ने स्पष्ट पारे ।

प्रमुख दलका नेताहरुले एउटाले अर्कोको भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउने गरेको समेत उनको आरोप थियो । उनले नेपाली काँग्रेसलाई रूपान्तरण गर्नका लागि विसं २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेदवार छान्न आफ्नै तहका क्रियाशील सदस्यले मतदान गर्ने परिपाटी बसाउनुपर्ने बताए ।

आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले काँग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाले आरोप थियो । “माथिबाट टिकट पठाएर उम्मेदवार बनाउने प्रथा अब बन्द हुनुपर्छ”, उनले भने, “पार्टीभित्र सबै क्रियाशील सदस्य भएकाले कोही ठूलो र कोही सानो भन्ने हुँदैन ।”

महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वर्णिम कालमा मुलुकको समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाबाट नभएको गुनासो गरे ।

पुराना र नयाँ राजनीतिक दलहरू मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै