Dec 4, 2023
तिलोत्तमा/सन्जु पौडेल । प्रवासी नेपाली मित्र मन्चले भारतमा अलपत्र १३ वर्षिय नेपाली किशोर शंकर चौधरीको उद्वार गरी नेपाल ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का शंकर गतवर्ष साथीहरुको लहैलहैमा भारत पसेका थिए । भारतमा ज्याला मजदूरी गर्दागर्दै प्रहरीले उद्वार गरेर उनलाई बाल कल्याण समिति फिरोजाबादको बाल गृहमा राखिएको थियो ।
झण्डै ६ महिना जति बाल गृहमा बसेका शंकरलाई दिल्लीमा क्रियाशील प्रवासी नेपालीहरुको संस्था मित्र मन्चले उद्वार गरी रुपन्देही ल्याएर मानव कल्याण मित्र मञ्च र रोटरी क्लब अफ मणिग्रामलाई हस्तान्तरण गरेको हो ।
प्रवासी नेपाली मित्र मन्चका अध्यक्ष बिष्णुप्रसाद खनाल र सदस्य सिद्धार्थ खनालले मानव कल्याण मित्र मन्चका अध्यक्ष दुर्गाप्रसाद अर्याल, महासचिव झविलाल भण्डारी तथा रोटरी क्लबका सचिव मिनप्रसाद भण्डारीलाई बुझाएका हुन् ।
प्रतिकृया दिनुहोस्