१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

दमौली । नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँका विभिन्न स्थानीय तहका जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु भएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १२ गते विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको सूचना जारी गरेको छ। आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिकाअन्तर्गत पर्ने जग्गा तथा घरगोठ, टहरा, कटेरा तथा रूख बिरुवासमेत स्थायी रुपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन तथा जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सोसमेतको दाबीका लागि २१ दिने सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए ।

उक्त ऐनको दफा १० अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रूखबिरुवा बालीनालीलगायत अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा दिन आग्रह गरिएको उनले बताए ।

साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए त्यसको कारण खुलाएर ऐनको दफा ११ बमोजिम सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने सहायक प्रजिअ गैरेले जानकारी दिए ।

“प्रसारण लाइन निर्माणका लागि आँबुखैरेनी गाउँपालिका–४ को पुरेवेशीबाट उत्तर, लोर्याङबाट दक्षिण, सिउरेनीबाट उत्तर, वडा नं ४ कै काफलडाँडाबाट उत्तर, वडा नं ५ को लाब्दीबाट दक्षिण, वडा नं ५ कै बगाई नजिक, वडा नं ६ को डाँडागाउँबाट उत्तर, सिरानुखोलाबाट दक्षिण, घोरेगाउँवेशीबाट उत्तर, ज्यामिरे र छापस्वाराबाट दक्षिण, जलभञ्ज्याङ नजिकैको जग्गा अधिग्रहण गरिनेछ”, उनले भने ।

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ को बनगिया नजिक, कल्लेरीबाट उत्तर, गाम्पाबाट दक्षिण, बासपानीबाट उत्तर, वडा नं ३ को माथिल्लो हलथुम्का नजिकै कुकुर्दीबाट दक्षिण, वडा नं २ को बेलकुनाबाट दक्षिण, धितालडाँडाबाट उत्तर, व्यास नगरपालिका–१४ को आफ्रेडाँडाबाट उत्तर, ठूडेगैराबाट दक्षिण, वडा नं १३ को बेलभञ्ज्याङ, डाँडाचोकबाट दक्षिण, चारघरेबाट उत्तर, थामेडाँडा नजिकै, लामेटारीबाट दक्षिण, बेलचौताराबाट उत्तर, भड्खालाबाट दक्षिणतर्फको जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 

ऋषिङ गाउँपालिकाको वडा नं १ को डाँडाखुदी नजिकै बाँझोबाट उत्तर, अङ्गेरीथुम्का नजिकै तल्लो सेटाङबाट उत्तर, वडा नं ६ को धरमपानीबाट उत्तर, ज्यामिरेखानबाट दक्षिण, वडा नं ७ को देउरीपानीबाट उत्तर, वडा नं ७ को बारी लिकन्दीबाट दक्षिण, वडा नं ८ को नयाँ ऋषिङबाट उत्तर, झिरुवासबाट दक्षिण धारुङबाट उत्तर, वडा नं ८ कै धरुम भञ्ज्याङबाट दक्षिणको जग्गा अधिग्रहण गरिनेछ । 

घिरिङ गाउँपालिकाको वडा नं ८ को मोचाबारीबाट दक्षिण गोर्दी र मचाबारीबाट उत्तर, वडा नं ५ को धाकर्दीबाट दक्षिण, बेलभञ्ज्याङबाट पूर्व साभुङ र मानपुरबाट दक्षिण, वडा नं ३ को खिलाबाट दक्षिण, पोखरीछाप र डाँडाथोकबाट दक्षिण, गैराथोक नजिकै, नेवार हटिया नजिकै, सिलिङचोकबाट दक्षिण, वडा नं २ को फलादीबाट दक्षिण, देउरालीबाट उत्तर, दुमकोटबाट उत्तर, वडा नं १ को चङमराङबाट उत्तरतर्फको जग्गा अधिग्रहण गरिनेछ । 

आयोजनामार्फत रातमाटेदेखि नयाँ दमौली र नयाँ बुटवलदेखि नयाँ दमौलीसम्म प्रसारण लाइन निर्माण हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य