ताजा अपडेट »

उपाधिका लागि नेपालले हङकङसँग खेल्ने

शुक्रबार, ०८ भदौ २०८०, १६ : ५०
48 Shares

काठमाडौं । चारदेशीय टी–२० महिला क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने भएको छ । मलेसियामा जारी शृङ्खलाको उपाधिका लागि नेपालले फाइनलमा हङकङसँग खेल्ने भएको हो । 

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टिम मलेसियासँग ६ विकेटले पराजित भएर पनि नेपालले उपाधि भिडन्त पक्का गरेको हो । रनरेटका आधारमा शीर्ष स्थानमा रहँदै नेपालले उपाधिको यात्रा सुरक्षित गरेको हो ।

तीन खेलबाट समान चार अंक जोडे पनि नेपाल शीर्ष, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे । पुछारको कुवेत भने अंकविहीन रह्यो ।

शुक्रबार नेपालले प्रस्तुत गरेको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । वर्षाका कारण खेल १८ ओभरमा घटाएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।