१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । चलचित्र ‘काँडेतार’को बुटवलको भ्यु सिनेमाजमा च्यारीटी शो सम्पन्न गरिएको छ । शनिबार बुटवलमा सम्पन्न शोमा लुम्बिनी प्रदेशका पुर्वसासंद दधिराम न्यौपाने, बुटवलका पुर्वमेयर शिवराज सुबेदी, तिलोत्तमाका उपमेयर जगेश्वर देवी चौधरी, जनप्रतिनिधीहरु कृष्ण प्रसाद पौडेल, बिष्णु बराल, सुरेन्द्र श्री, राधा शाही, लक्ष्मी घिले, ब्यबसायी बिमल भट्टराई लगायत विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ र युवाले चलचित्र हेरेका छन् ।

Advertisement

अभिनेता तथा निर्माता नवल खड्काको निर्देशन तथा बुटवलकी निर्माता अन्जु केसीको निर्माणमा बनेको चलचित्रको च्यारीटी शो नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले गरिएको जनाइएको छ । चलचित्र हेरेपछि बिशिष्ठ व्यक्ति संगै दर्शकहरुले कथावस्तु, प्रस्तुतीकरण र प्राविधिक पक्ष, फिल्मले देखाउन खोजेको चेतनाको प्रशंसा गरेको निर्माता अन्जु केसीले बताईन ।

अहिलेसम्म नेपालका चारवटा प्रमुख शहरमा च्यारिटी शो गरेको चलचित्रको छिट्टै भैरहवा र सबै जिल्लामा च्यारिटी शोको आयोजना गर्ने तयारी भइरहेको समेत केसीले जनाएकी छिन । फागुन २५ गते शिवरात्रीबाट प्रदर्शनमा आउने चलचित्र नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार या पर्खाल लगाएर सीमालाई व्यवस्थित गरी सिमा सुरक्षा र मित्रताको सम्बन्ध कायम राख्न सुझाएको छ।

खुल्ला बोर्डर, र ब्यापार निती तथा भारतीय सेनाप्रतिको ज्यादतीको बिरुद्धमा फिल्मले आफ्नो क्रान्ती बोलेको छ। ससक्त अभिनयका धनी पोख्त कलाकारले गरेओ अभिनयलाई दर्शकले निकै मनपराएका छन्। फिल्मले छिमेकी देशसंगको दौत्य सम्बन्ध र यसको सहजतासंगै देशभक्तीको कथावस्तु बोकेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता