ताजा अपडेट »

मधेशी राष्ट्रिय मुक्तिमोर्चा सिद्धार्थनगरको अध्यक्षमा यादव

आइतबार, ०३ भदौ २०८०, १० : ४४
16 Shares

भैरहवा । मधेशी राष्ट्रिय मुक्तिमोर्चा सिद्धार्थनगरको भेला भैरहवा सम्पन्न भएको छ । भेलाले अध्यक्ष शुनिल यादवको अध्यक्षतामा २३ सदस्य मधेसी मुक्तिमोर्चा सिद्दार्थ नगर कमिटी गठन गरेको छ ।

यस्तै उपाध्यक्षमा सुरेश चाई श्रवण हरिजन , जनुति यादव, सचिवमा भगवती राजभर, सहसचिव शारदा प्रजापति, कोषाध्यक्ष रामचन्द्र कोईरी सदस्यहरूमा बलदेब यादव, सुरेन्द्र कुर्मी, जोगेन्द गुप्ता, जित बहादुर कहार, गौचरण काहार , मिश्रि लाल धोबी , मनिष कुमार चौधरी, गोबिन्द तेली, शिव शरण लोहार। प्रमोद यादव, अखलेश कहार महेन्द्र बनिया मेमालाल मल्लाह बिरेन्दवती हरिजन सदस्य रहेको मधेशी मुक्तिमोर्चा गठन गरेको युवा नेता दिलिप प्रजापतिले जानकारी दिए ।

उक्त भोलालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र सिनपाका अध्यक्ष नारायण बहादुर हमालले नेकपा माओवादी केन्द्रले देशमा रहेको सबै उत्पिडन को बिरोध र समानताको निम्ति माओवादीले नै राष्ट्रिय जागरण ल्याएको बताए । साथै उनले मधेशी मुक्तिमोर्चाले सम्पूर्ण मधेशी समुदायलाई एकता ल्याउँदै माओवादी लिएको निति र यसको नेतृत्वलाई सहयोग गरि सबै उत्पिडन अन्त्य गर्न लाग्नु पर्ने बताए ।

उक्त भेलामा अखिल नेपाल यतायात मजदुर महासंघ केन्द्रीय सदस्य नबिन दाहाल, अखिल नेपाल ट्रेड युनियन सिनपाका अध्यक्ष गणेश चालिसे। नेकपा माओवादी केन्द सिनपाका कोषाध्यक्ष डम्बर खत्री, दलित मुक्तिमोर्चा सिनपाका अध्यक्ष राम बहादुर बिक र अनेमा संघ क्रान्तिकारी सिनपाका अध्यक्ष तारा बराल, वाईसियलका नेता दिलिप प्रजापति लगायतको बिशेष उपस्थिति रहको थियो

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।