१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । अब बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराए ।

यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उजले जानकारी गराए । देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको औंल्याउँदै नगरप्रमुख स्तरीय निर्णय गरेर नगरपालिकाको विशेष सहयोगमा डेंगी संक्रमण परीक्षण दस्तुर ६ सय रुपैंया हुनेगरी लागु गर्न सम्बन्धित स्वास्थ्य संस्थाहरु (ल्याव)लाई अनुरोध गरिएको थियो ।

मेलान रुपन्देहीको बुधबार साँझ बसेको बैठकले नगरपालिकाको अनुरोध अनुसार २०८० असोज मसान्त सम्मको लागि ६ सय रुपैंयामा डेंगी संक्रमण परीक्षण गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ