ताजा अपडेट »

बुटबलमा राधाकृष्ण युवा क्लबद्वारा ५-ए साईड फुटबल प्रतियोगिता

मंगलबार, ३० साउन २०८०, ०९ : १९
52 Shares

बुटवल । राधाकृष्ण युवा क्लब बुटबलको आयोजनामा सोमबारदेखि फाइभ-ए साइट फुटसल प्रतियोगिता सुरु भएको छ । बुटवल-९ नयाँ बसपार्कमा अवस्थित खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत पहिलो दिनको उद्घाटन खेलमा आयोजक राधाकृष्ण युवा क्लब विजयी हुन सफल भएको छ ।

आयोजक राधाकृष्णले एभरेष्ट फुटबल क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । यसैगरी सोमबार नै भएको दोस्रो खेलमा चिडीयाखोला युवा क्लबलाई हराउँदै बेलबास युवा क्लब अघिल्लो चरण प्रवेश गरेको छ । उसले ३-० गोल अन्तरले जित दर्ता गरेको हो । प्रतियोगितामा विभिन्न २४ वटा समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी उपविजेताले नगद १० हजार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी विधागत तर्फ उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायतले नगद १ हजार राशीका दरले सम्मानित हुने खेल संयोजक विश्वजित ताम्राकारले जानकारी दिए । प्रतियोगिता ६ दिनसम्म सञ्चालन हुने छ ।

प्रतियोगिता उद्घाटनको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष सिबु रानाले खेलकुद क्षेत्र चलाएमान हुँदा युवाहरु एकजुट हुने तथा खेलकुदले युवाहरुलाई अनुशासित र मर्यादीत बनाउने बताए । खेलकुदबाट आफ्नो मात्र नभएर राष्ट्रको समेत पहिचान बनाउने हुँदा खेलाडीले खेलकुदलाई अनुशासित तरीकाले लैजान जरुरी रहेको बताए । बुटबल उपमहानगरपालीकाले नगरभित्र हुने हरेक खेलकुलका कार्यक्रमलाई व्यवस्थित र चलायमान बनाउन हालै नगरखेलकुद समिती समेत गठन गरेको जानकारी दिए ।

उपहानगरपालीका बडा नम्बर ९ का वडा सदस्य भरत पुरीले हरेक वडामा एक÷एक खेलमैदान आजको आवश्यकता रहेको बताए । युवादेखि वृद्धासम्मका मानिसहरुलाई स्वस्थ रहन खेलकुद तथा मनोरञ्जनका क्रियाकलापका लागि ठाउँ अभाव रहेको उनले बताए । उपमहानगरले हरेक वडामा खेलमैदान तथा खेलकुदजन्य मनोरञ्जनात्मक क्रियाकलापका लागि सार्वजनिक ठाउँको व्यवस्था गर्नुपर्ने उनले बताए ।

बुटबल सोसाईटीका अध्यक्ष सुजन पुनले खेलकुद स्वास्थ्यका लागि जरुरी रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, राजकुमार भट्टराई, सुमित खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।