ताजा अपडेट »

यसकारण ! प्रचण्ड, शेरबहादुर, ओलीले आफ्नालाई जेल हाल्ने प्रस्ताव टेवल गर्न सक्दैनन्

मंगलबार, ३० साउन २०८०, १५ : २८
18 Shares

दैनिक औसतमा तीन हजार युवायुवतीहरू देश वाहिर जाने गरेका छन् । १२ कक्षापछि क्याम्पस पढ्ने विद्यार्थीहरूको संख्या घटदो क्रममा छ । पहाडका गाउँघर रित्तिने क्रममा छन्, त्यहाँ पनि युवा युवती भेटन् सकिदैँन, बुढाबुढीहरू मात्र बाँकी छन् । देशको अर्थतन्त्र दिनानु दिन ओरालो लागेको छ, ऋणको भारी चुलिँदै गएको छ, भ्रष्टाचार, कमिशनखोर, अराजकता र वेथिति मौलाउँदै गएको छ ।

देशव्यापी आर्थिक मन्दी छाएको छ, व्यापार घाटाका कुरै नगरौं । विगत १८ वर्षको समयमा कसैको पालामा पनि यी सुचकहरू सकारात्मक दिशामा अगाडि बढेको तथ्याङ्क छैन । यहि गति, यहि रफ्तार, यहि सोँच, यहि कार्यशैली र यीनै नेतृत्वको हातमा अझै दश वर्ष शासनसत्ता रहि रहने हो भने देश असफल राष्ट्रको सुचीमा दर्ता हुने छैन् भनेर कसरी भन्न सकिन्छ ?

देशको यस्तो गम्भीर अवस्थामा समस्याको समाधानको निम्ति सबै नेतृत्वहरू एकै ठाउँमा उभिने र राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्नुको साथै समस्याहरूसँग सामुहिक रूपमा बुझ्ने बेलामा पार्टीका नेताहरू एकले अर्कोलाई समाप्त पार्ने दिशामा अगाडि बढेका छन्। उता राजनैतिक महानुभावहरू आफनो मालिकहरूको भजन गाउनमा र मालिकको दिसालाई पनि प्रसादको रूपमा प्रचार गर्नमा व्यस्त देखिन्छन् ।

एकथरी महाशयहरू शेर बहादुर र नेपाली कांग्रेस नै सबै भन्दा उन्नत, सबै भन्दा राम्रो, सबैभन्दा प्रजातान्त्रिक हो भनेर धुँवादार प्रचार गरेका देखिन्छन् । अरे भोला मानवहरु ! नेपाली कांग्रेस र शेरबहादुरजीको सत्ता नेपाली जनताले धेरै पटक भोग चलन गरिसकेका होइन् र ? त्यसले भष्ट्राचार मुक्त समाज निमार्ण गर्छ कि गर्दैन भन्ने कुरा इतिहास र वर्तमानले बताइसकेको छ ।
यसैको नेतृत्वमा मात्र समुन्नत नेपालको निमार्ण हुनेछ भनेर विश्वास गर्नु भनेको सुस्त मनस्थितीको चेतना वाहेक अरु के हुन सक्ला । अर्का थरी महानुभावहरू !

एमाले पार्टी र त्यसको नेतृत्व केपि ओली नै २१ औं शताब्दीको विचारक हुन र उँहाको नेतृत्वमा मात्र सुशासन, सदाचार र नयाँ नेपालको निमार्ण सम्भव छ भनेर दौडी रहनु भएको छ । ओली जी र त्यो पार्टीको नेतृत्व पनि त के हामीले भोगी सकेका छैनौँ र ? उहाँका पानी जहाज ग्याँस पाइप र कुस्मा बजारमा रेल कुदाइएका कुरा पनि त हामिले विश्वास गरेका थियौं ।

दुइ तिहाइको नेतृत्व गर्नको निमित्त उहाँलाई नै जिम्मा लगाइएको हैन र ? त्यो सबै भत्कीयो, ढल्यो, टुक्रा टुक्रा बन्यो, अनि त्यसको सबै दोष प्रचण्ड, माधव र वामदेवलाई दिएर मुख्य व्यक्तिले मेरो कुनै दोष थिएन भन्न मिल्दछ र ? अनि फेरी भविष्यमा यहाँहरूकै नेतृत्वमा भ्रष्टाचार मुक्त समाज, समुन्नत समाजवादको राज्य स्थापना हुने छ भनेर कसरी विश्वास गरौं खैँ ?

यतिवेला अन्य दलहरूको सहयोगमा सत्ताको नेतृत्व गरि रहेको माओवादी पार्टी र त्यसको नेतृत्वकर्ता प्रचण्डको बारेमा पनि एकाथरी साथिहरू निकै जोडबलका साथ भनि रहेका छन् कि नयाँ नेपालको निमार्ण यहि पार्टी र यहि नेतृत्वबाट सम्भव छ । केहि भ्रष्टाचारको दाग लागेका पात्रहरुलाई समाएकै आधारमा हामी नै उन्नत दर्जाका, हामी नै सुशासन र पारदर्शी छौं भन्ने गरेका छन् ।

माथिल्लो सतहको सरसफाइले मात्र मुल पनि सफा भएको ठान्न, क्यान्सरको कारणले ज्वरो आएको विरामीलाई सिटामोलले ज्वरो बसाल्यो अब विरामीलाई आराम लाग्दछ भन्नु एउटै कुरा होइन र ? खास गरि देशका मुल पार्टीहरू समस्याको गहिराइमा पुगेका छैनन् र पुग्न पनि चाहादैनन् । जस्तो कि भ्रष्टाचारको प्रश्नमा, भ्रष्टाचारलाई पुर्णरूपमा निर्मुल पार्नको लागि हिजोको दिनमा प्रचण्डजी र बाबुरामजीले बोलेको कुरा गणतन्त्र प्राप्ति पछि –अर्थात विगत १८ वर्ष यता जो मुख्य मुख्य लाभको पदमा बसेका थियौं, हामी सबैको सम्पत्ति छानविन गरौं ।

अनि खैत त्यो विचारमा अगाडि बढेको ? सत्य कुरा यो हो कि हामीले जे जति भ्रष्टाचार गर्यौ, यहि अठार वर्षको विचमा गरेउँ । यो सबै छानविन गर्नको निमित्त खै त उच्च स्तरीय समितिको निर्माण ? यो प्रस्ताव मन्त्री परिषद्बाट पारित गरि सदनमा टेवल गर्न कसले छेकिराखेको छ ? यदि यसो गरिन्छ भने यो वा त्यो भन्नै परेन मेरो मान्छे र तेरो मान्छे भन्नै परेन, सबैले भ्रष्टाचार निर्मलिकरणको प्रमाणपत्र प्राप्त गर्ने छन्, अनिमात्र उम्मेद्वार दिन योग्य मानिने छन् । भ्रष्टाचार निर्मलीकरणको कुरा गरिरहँदा के हामीले यो हिम्मत देखाउन सक्दछौं ? के हामिले सदन भन्दा वाहिरबाटै सदनले निणर्य गरेको शक्तिशाली छानविन आयोग बनाउन सक्दछौं ?

अह ! हामिले त्यसो गर्न सक्दैनौं, किनकि काठमाडौँमा बस्ने सत्ता पक्ष होस् वा प्रतिपक्ष होस, आजको माननीय होस वा हिजोको माननीय होस्, माथिल्लो तहका प्रायः सबै भ्रष्टाचारमा जोडिएका छन् । हाम्रो आय श्रोतको माध्यम नै भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचारले नै हाम्रो गुजारा चलेको छ, त्यसैले यो निणर्य गर्न सक्दैन् । प्रचण्ड, शेर बहादुर, ओलोजी कसैले पनि आफ्ना लिडरहरू जेल जाने प्रस्ताव टेवल गर्न सक्ने छैनन् । भ्रष्टाचारको मुल जरो काटने हिम्मत कसैले गर्ने छैनन् ।

खाली आफू सत्तामा रहँदा थर्काउने, धम्काउने कसै–कसैलाई जेल पनि हाल्ने, बार्गेनिङ गर्ने, पुनः सहमती गर्ने अनि कसैले खबरदार मेरा मान्छे समातिस भने मैले सदन चल्न दिने छैन, बुझिस तैले मेरा तिरका मात्रै समाउने, हाम्रा मात्रै भ्रष्टाचारी देख्ने, आफ्ना तिरका देख्दै नदेख्ने, तेरा तर्फका खै महरा समातेको ? खै आरजु समातेको ? खै अरु अरु समातेको ? मेरातिर मात्रै देखेको छस्, आफ्ना तिर पनि त छन्, गृहमन्त्री आफै हुन अर्थमन्त्री आफै हुन भनेर जुहारी खेल्ने ।

हामी जनता कतिले एउटा टिमको कुरा सुनेर ताली पिटने, कसैले अर्को टीमको कुरा सुनेर ताली पिट्ने, चक्र चली रहने छ यहि दोहोरी चली रहने छ । एउटा ढल्यो वा ढालीयो भने अर्को उठनेछ । यताका उता मिसिनेछन् र उताका यता मिसिनेछन् र नयाँ टिम तयार हुनेछ र फेरी उसले पनि सुशासन र सदाचारका कुरा गर्ने छ । शब्दकोषबाट नयाँ नयाँ आकर्षक नाराहरू खोज्ने छ, हामि सबैलाई लोभ्याउने छ । उ भन्दा म फरक छु भनेर पनि अभिनय गर्नेछ, तर कर्म उहि पुरानै दोहोरिने छ, सोच, चिन्तन र दृष्टिकोणमा कुनै आधारभुत भिन्नता रहने छैन तर कार्य शैलीहरू भने फरक हुने छन्, आफ्ना वासी र सडेगलेका विचार बेच्ने तरिका भने फरक हुने छन् ।

हिजो देशको कार्यकारी प्रमुख नेपाली जनताले चुन्न पाउनु पर्दछ भनेर लडेंउ, जसको नेतृत्वमा सो नारा उठाइएको थियो । आज उहाँ नै कार्यकारी प्रमुख हुनुहुन्छ । तर उहाँले त्यो आफैले जन्माएको विचार अगाडि बढाउन सक्नु हुन्न, टेवल गर्न सक्नु हुन्न किन ? के शासकीय स्वरूपको परिवर्तन विना अगाडि वढ्न सम्भव छ ? हिजो एमाले पार्टी पनि कार्यकारी प्रमुखको जनताको मताधिकारबाट चुनिने कुरामा सहमत थियो । आज यो विचारबाट एमालेको नेतृत्व पनि पछाडि हटेको छ ।

इतिहास र वर्तमानले समेत प्रमाणित गरी सकेको छ कि पार्टीहरु क्रमशः अग्रगमनबाट ओरालोतर्फ पछाडि फर्कि रहेका छन् ।जसको कारण देश ओरालो यात्रामा छ, देश संकटग्रस्त छ, युवाहरूले यो कुरालाई बुझौं, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आलोचनात्मक चेतको विकास गरौं । एकात्मक र अधिभूतवादी चेतनाबाट द्वन्दात्मक चेतनामा हामी फर्कन सकेउ भने त्यहि विन्दुबाट अगाडि बढ्न सकिन्छ कि ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।