ताजा अपडेट »

रोटरी क्लब अफ रुपन्देहीद्वरा तिलोत्तमामा वृक्षरोपण

आइतबार, २८ साउन २०८०, १२ : ४१
42 Shares
आइतबार, २८ साउन २०८०
42 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा–८, करहिया सामुदायिक वनमा वृक्षरोपण सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विधिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको क्लबले शनिबार करहिया सामुदायिक वन क्षेत्रमा रहेको रोटरी पार्कमा २ सय बढी अमला जातको विरुवा लगाएको हो ।

स्थापनाकालदेखि नै विभिन्न सामाजि क्रियाकलपामा सक्रि हुँदै आएको क्लबले वातावरणको संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपणको कार्यक्रम गरिएको अध्यक्ष हरि लम्सालले जानकारी दिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका संयोजक तथा डिस्ट्रिक कन्फ्रेन्स सह संयोजक ध्रुब धितालले क्लबलाई सम्पूर्ण सदस्यहरुलाई सामाजिक कार्यमा एक भएर लाग्न आग्रह गरे । भोलिका पुस्ताहरुका लागि वन तथा वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउँदै उनले वृक्षरोपणसँगै यसको संरण गरी हुर्काउने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे ।

रोट्रयाक क्लब अफ रुपन्देही, इन्ट्रयाक क्लब अफ न्यू इन्भाएरमेन्ट, करिया सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा सदस्यहरुको सार्थक सहभागिताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।