ताजा अपडेट »

नयाँ पुस्ताको कथा हो “फूलको धारले”

शुक्रबार, २६ साउन २०८०, १५ : ५९
10 Shares

मिश्रा गुरुङ, पूर्वी नेपालमा नाम चलेकी साहित्यकार हुन् । इटहरीमा बसेर साहित्यिक क्रियाकलापमा गतिशील छिन् । समाज सेवा उनको रुचीको विषय हो भने साहित्य भावना,विचार अभिव्यक्त गर्ने माध्यम । गुरुङ साहित्यिक मञ्च,नेपालकी केन्द्रीय सदस्य रहेकी मिश्राले साहित्यबाट नै आफ्नो पहिचान बनाउने अभियानमा छिन् ।

कवितामा जेहाद छेड्न सिपालु मिश्राले पछिल्लो समय नेपाली साहित्यमा गीत र गजलका माध्यमले हस्तक्षेप गर्ने मोडमा आइपुगेकी छिन् । समाजशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी मिश्राले समाजमा रहेका अनेक विषयमा आफ्ना रचनाहरु प्रस्तुत गर्दै आएकी छिन् । कविता वाचनमा समेत उस्तै दमदार प्रस्तुति रहेको मिश्राले यतिबेला आफ्नै सिर्जना स्वरुप “फूलको धारले” गजललाई क्यास म्युजिक युटयुव च्यानलमार्फत भिजुअल् पस्केकी छिन् ।

सरिता राईको स्वरमा सजिएको उक्त गजलमा दुर्गा पराजुलीको कम्पोज र किरण कंडेलको एरेन्ज रहेको छ । चर्चित निर्देशक कमल राईको निर्देशन रहेको उक्त गजलमा रचना सिवाकोटी,विमला खजुम र एसराजको बेजोड अभिनय छ । भिजुअलको कोरियोग्राफरका रुपमा सुमित गुरुङ छन् । छायाँकार शिब ढकाल एवम् सम्पादनमा मनोज कार्की रहेका छन् । नयाँ पुस्ताका लागि तयार पारिएको उक्त गजलले वर्तमान समयमा चल्दै आएको प्रेम र विछोडको कथालाई समेटेको मिश्राले बताइन् ।

https://youtu.be/0zR_u0kDnFA
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।