ताजा अपडेट »

सिंहदरबारका त्रिनेत्र

शुक्रबार, २६ साउन २०८०, १५ : ०३
32 Shares
          

अहिले नेपाली जनताले सिंहदरबारलाई फरक दृष्टिकोणबाट हेर्न थालेका छन् । हुन् त सिंहदरबारका त्रिनेत्र पनि पद, प्रतिष्ठा र पैसामा सिमित भएका छन् । त्यहाँ होडबाजी चलिरहन्छ पद, प्रतिष्ठा र मनग्य आम्दानी आर्जनका लागि कुस्ती चलिरहन्छ । जनताको मुल शासनको थलो सिंहदरबार तस्करी, घुसखोरी र कमिसनखोरीमा परिणत भएपछि जनताले जिवनजोहमा के न्याय पाउँलान र खै?

सुशासन, न्याय र जनसरोकारका विषयमा सिंहदरबारले विगतका केही वर्ष यता योजनाबद्ध बिकासका लागि गृहकार्य नै गर्न सकेन् । जसका कारण आम जनसमुदायमा सिंहदरबार प्रति जनताको बितृष्णा बृद्धिविकास भैरहेको छ । वेष्ट मिनिष्टर शैलीको संसदीय प्रणाली भएकाका कारण जनताको प्रत्यक्ष आँखा संसद वा बालुवाटार तर्फ केन्द्रित हुनु स्वभाविक हो तर, प्रशासनिक तवरका हिसावले जनताका भविष्य र काम कर्तव्य माथि उत्तरदाहित्व वहन सिंहदरबारले लिने हुँदा, सिंहदरबारको कार्यसम्पादन र गतिबिधि प्रति आमनागरिकको जनचासो रहनु किमार्थ गलत हुने छैन् ।

तर सिंहदरबार भने जनताका काममा भन्दा पनि स्वार्थ समुहका हकहितका लागि प्रेरित भएको स्पष्ट महसुश गर्न सकिन्छ । हुन त सिंहदरबार भित्र अनेकौ खेल हुन्छन् त्यस भित्रका खेलहरु जान्न र बुझ्न अवकाश प्राप्त भएका सचिव वा उच्च पदस्थ कर्मचारीहरुको अन्तवार्ता वा उनीहरुद्वारा प्रकाशित लेख, पुस्तकका माध्यमद्वारा सिंहदरबार भित्रका खेलोफड्को अध्ययन गर्न सकिन्छ । राष्ट्रिय अन्र्तराष्ट्रिय प्रभाव समुहको पनि बेजेड उपस्थिती रहिरहन्छ सिंहदरबार भित्र । सिंहदरबारले देशको हितका पक्षमा काम गर्यो कि गरेन त्यो अर्को विषय हो ।

सिंहदरबार भित्रका अभिलेख, दस्ताबेज, राज्य अवधारणा अन्तर्गतका गोप्य दस्ताबेज सुरक्षित नभएको स्थिति छ । स्वार्थ समुहहरु दस्ताबेज, अभिलेखदेखि महत्वपुर्ण गोपनियता सम्बन्धका कागजातहरु हत्याउन प्रयास गरिरहेका छन्। नेपालको सुरक्षा प्रणालीलाई अत्यन्तै फितलो बनाईएको छ जसका कारण मुलुकले भित्र भित्रै ठुलो क्षति भोगिरहेको छ । यस प्रति जनचासो कम देखिने गरेको छ । खासगरी अनुसन्धानमुलक खोज, अध्ययन गर्नु पर्ने पत्रकारिता जगत, अध्यताहरु यस प्रति चनाखो देखिदँैनन् । जसका कारण सिंहदरबार भित्रको आन्तरिक गोपनियता समेतमा असर परेको देखिन्छ ।

तर, सिंहदरबार मौन छ पद, प्रतिष्ठा र पैसाको चङगुलमा फसिरहेको छ । प्रशासनिक क्षेत्रलाई आफ्नो कब्जामा पार्न उच्च स्तरका कर्मचारीहरु लडिरेहका छन् । नेताको नजिक रहिरहने, नियुक्ति र मालदार मन्त्रालयमा सरुवा हुने । सेवा भन्दा बढि कमिशन कमाउने धन्दामा मात्र लिप्त हुने कार्यमा सिंहदरबारका कर्मचारी व्यस्त देखिन्छन् । संघात्मक राज्य प्रणाली भनिएता पनि व्यवहारमा उहीँ केन्द्रकृत प्रणाली लागु गरि रहने । गाउँगाउँमा सिंहदरबार भनेता पनि स्वायत्त अधिकार प्रदान नगर्ने र अधिकारको प्राधिकार आफैमा निहित राख्ने जस्ता गतिबिधिमा सिंहदरबार सक्रिय देखिन्छ । यसले केन्द्रिय सरकार र स्थानीय सरकारमा बिचलन पैदा गरिरहेको छ । अधिकार प्रत्याजोनमा समेत विभेदीकरण निम्त्याएको छ । समस्या पहिचान तथा समस्या निराकरणका लागि सिंहदरबार जवाफदेही र उत्तरदाही बन्न आवशयक छ ।

सिंहदरबारले दुर दराजका आबाज सुन्नुपर्दछ । ग्रामिण क्षेत्रका नागरिक र बिपन्न नागरिकलाई अधिकार युक्त बनाउन समाज सुदृढिकरण अभियान चलाउन आवशयक छ । देशको समृद्धि र बिकासका लागि सार्वजनिक प्रशासनलाई जनमुखी बनाउनु पर्दछ । सार्वजनिक प्रशासनका गोपनियताहरुलाई अक्षुण राख्दै देश र जनता हित अनकुल काम गर्नु पर्दछ । सिंहदरबारले गैर सरकारी संस्थाहरुलाई अनुगमन तथा नियमन गरि उनीहरुका काम कर्तव्यलाई जनपक्ष सामु सार्वजनिक गर्ने र के कस्ता उदेश्य अबलम्बन गरिरहेका छन् त्यसको लेखाजोखा राख्ने काम गर्नुपर्दछ ।

सिंहदरबार भित्ररहेका सुचना केन्द्र, अभिलेखालय, तथ्याङ्क  विभाग, पुरातात्वीक विभाग जस्ता संवेदनशिल निकायका दस्ताबेजहरुको सुरक्षा र हेरचाहमा बिशेष ख्याल राख्न आवश्यक छ । तर यी विषयमा ध्यान दिनुपर्नेमा सिंहदरबार हेलचक्राई गरिरहेको छ । यसले देशको सुरक्षा प्रणालीलाई आघात चोट पुयाईरहेको छ र आन्तरिक देशका गोपनियताहरु भंग भएका छन्। संरचनात्मक तहमा सरकारलाई दुई तहमा सामान्यतयाः विष्लेशण गर्दछन ।

एउटा अस्थिर सरकार जुन निर्वाचन प्रणालीबाट तोकियको समयअवधी भित्र निर्मित हुन्छ भने अर्को स्थिर सरकार जसलाई सामान्य भाषामा कर्मचारी प्रशासनको रुपमा लिने गरिन्छ । अस्थिर सरकारको विषयमा आम जनतामा जागरण आएपनि स्थायी सरकारको बारेमा भने नागरिक जानकार छैनन्। तसर्थ स्थायी सरकार वा कर्मचारी प्रशासन भित्रका भ्रष्टचार, कुरिती, बिकृति बिसंगती बिरुद्ध आम नागरिक सचेत रहनु पर्दछ । सार्वजनिक प्रशासनलाई मितव्ययी, जवाफदेही, उत्तरदायी र जिम्मेवारयुक्त बनाउन सबै नागरिक एक हौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।