ताजा अपडेट »

बुटवलमा नेपाल भाषाको (नेवारी) चलचित्र ‘गालय् वन’ को च्यारिटी शो गरिँदै

विहीबार, २५ साउन २०८०, १६ : २१
4 Shares

बुटवल । नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र गालय् वनको च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको चलचित्र गालय् वनको च्यारिटी शो प्रदर्शन गरिन लागेको हो ।

नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन तथा बुटवलमा सामाजिक संस्कार भवनको विस्तारको सहयोगार्थ च्यारिटी शो गरिने नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । नेपालभाषामा काम सबै अभियन्ताहरुलाई एक ठाँउमा ल्याएर नेपाल भाषाको प्रचार गर्न च्यारिटी शोले टेवा पुग्ने उनले बताए ।

आउँदो भाद्र ९ गते बुटवलका विभिन्न हलमा च्यारिटी शो प्रदर्शनको तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सहयोग राशी ५०० रुपैयाँ राखिएको शोको टिकट बुटवल र यस आसपासका बिभिन्न स्थानबाट प्राप्त गर्न सकिने गरि ब्यवस्था मिलाईने जनाए ।सत्य घटनामा आधारित नेवारी चलचित्र गालय् वनमा नेवार समुदाय भित्रको संस्कारगत बिकृतिको बिरोध गरिनुका साथै नेवारी कला र संस्कृतिको जीवन्त प्रदर्शन गरिएको छ ।

प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ । संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।