ताजा अपडेट »

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काएर बजेट रोक्नु गलत : पूर्व मन्त्री बराल

सोमबार, १५ साउन २०८०, २० : १०
12 Shares

बुटवल । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले लुम्बिनी प्रादेशिक अस्पतालको लागि प्रदेश सरकारले बजेट रोक्नु गलत भएको टिप्पणी गरेका छन् । तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय भएर लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने आवश्यक बजेट रोक्ने काम गलत भएको उनले बताए । वर्तमान सरकारले आफनो क्षेत्राधिकार भन्दा बाहिरका केन्द्रस्तरको अस्पताललाई बजेट बिनियोजन रोक्न सुझाव समेत दिए ।

बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा पुर्ब सामाजीक बिकास मन्त्री बरालले यस्तो वताए । कोभिड संक्रमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए ।
उनले लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै पूर्वाधारबाट आम नागरिकले सेवा पाउने बताए ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका थिए । भबनको मुख्यमन्त्री डिल्ली चौधरीले उदघाटन गरेका छन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।