८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौँ। साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।  

Advertisement

देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो। कोशी प्रदेशमा दुई लाख ७५ हजार एक सय ३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ३१ हजार एक सय १२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको केन्द्रले जनाएको छ ।

मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ। गत वर्ष यही समयमा सो प्रदेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो। मधेस प्रदेशमा तीन लाख ५४ हजार तीन सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । हालसम्म सो प्रदेशमा दुई लाख नौ हजार ८६ हेक्टर क्षेत्रफलमा  मात्र धान रोपाइँ सकिएको छ ।

बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ। गत वर्ष साउन १२ गतेसम्म बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको थियो। यो प्रदेशमा एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। यसमध्ये हालसम्म ८१ हजार चार सय २० हेक्वटर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । 

गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशमा ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो। गण्डकी प्रदेशमा एक लाख चार हजार छ सय २२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ । जसमध्ये हालसम्म ८५ हजार सात सय ९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ । 

लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। सो प्रदेशमा गत वर्ष यही समयमा ८५ प्रतिशत धान रोपाइँ सकिएको थियो। लुम्बिनी प्रदेशमा तीन लाख तीन सय ९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। जसमध्ये हालसम्म दुई लाख ४३ हजार तीन सय १८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । 

कर्णाली प्रदेशमा हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख सञ्जेलले बताए। गत वर्ष यही समयमा सो प्रदेशमा ७८ प्रतिशतमात्र रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा ३८ हजार सात सय २७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। सो प्रदेशमा हालसम्म ३२ हजार नौ सय १८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ। सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो। सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार चार सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ। सो प्रदेशमा हालसम्म एक लाख ६९ हजार सात सय ६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । रासस 

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर