७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

भैरहवा। भैरहवामा तीनवटा क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्धल्याण्ड र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले संयुक्त रुपमा पदस्थापन कार्यक्रम गरेका हुन्।

Advertisement

कार्यक्रममा वर्ष २०२३र२४ का लागि रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष सचिन रेग्मी, रोट्रयाक्ट क्लब अफ बौद्धल्याण्डकी अध्यक्ष निकिता लाम्गादे र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका सुशन भट्टराईले सपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि रोटरी डिष्ट्रिक ३२९२ रिजन ५, जोन २९ का असिस्टेण्ट गभर्नर हिरा बहादुर शाहले स्पष्ट लक्ष्य लिएर अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो कार्यमा केन्द्रित र समर्पित रहन आग्रह गरेका थिए ।

त्यस्तै विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ का सह–सचिव कृष्ण प्रसाद पाण्डेले क्लबको गरिमा कायम राख्दै अगाडि बढ्नुपर्ने बताए र विशेष गरी सेवा परियोजनाहरू सञ्चालन गर्दा उच्च स्तर र नैतिकता कायम राख्नुको महत्त्वलाई प्रकाश पार्दै मूल्यवान अन्तरदृष्टि साझा गरेका थिए ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पूर्वअध्यक्षहरु उपेन्द्र यादव, बाबुराम खनाल र विनिता पोखरेल, रोट्रयाक्ट क्लब अफ बौद्धल्याण्डकी पूर्वअध्यक्ष दिक्षा सुनार र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका पूर्वअध्यक्ष सुमन खनालले शुभकामना मन्तव्य राख्नुभएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीकी पब्लिक इमेज चेयर मेनुका घिमिरेले जानकारी दिइन् ।

सुनिल सुनारको स्वागत, मनोज यादवको धन्यवाद ज्ञापन तथा धुर्व डुम्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल