ताजा अपडेट »

आगजनी गरेको आराेपमा एकजना पक्राउ

आइतबार, १४ साउन २०८०, १४ : ३३
8 Shares
आइतबार, १४ साउन २०८०
8 Shares

तेह्रथुम ।  आफ्नै गोठमा आगजनी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफ्नै गाई गोठमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

आगलागीबाट गोठमा रहेको ३ वटा गाई र १० वटा खसी बाख्रा जली मरेको छ भने गोठ नजिकै रहेको घरमा समेत आगो फैलिएर आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा जलेर करिब ३० लाख रुपैयाँ बरामद धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।