ताजा अपडेट »

समाजवादी मोर्चाको विद्यार्थी मोर्चा आज घोषणा हुँदै

आइतबार, १४ साउन २०८०, ०८ : ४४
2 Shares
आइतबार, १४ साउन २०८०
2 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चाको घोषणा गर्ने भएको छ ।

संघीय संसद भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफनो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी बिद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हुन । जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ  ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

पहिलो शुभेच्छुक संगठनको रुपमा घोषणा हुन लागेको बिद्यार्थी मोर्चाको सांगठानिक संरचनालगायतका बिषयमा घोषणा कार्यक्रममा जानकारी दिइने बताईएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।