१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

इस्लामबाद । पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरस्थित इस्लामिया विश्वविद्यालयका सुरक्षा अधिकारीको मोबाइल फोनबाट छात्राको पोर्न भिडियो क्लिप फेला परेको छ । मिडिया रिपोर्टमा यी भिडियोको संख्या करिब ५,५०० रहेको बताइएको छ । आरोपीले राम्रो अंक ल्याउने प्रलोभनमा छात्राको नग्न भिडियो बनाइदिन्थे । यस विश्वविद्यालयका ११३ विद्यार्थी पनि लागुऔषध दुव्र्यसनीमा परेका छन् । विश्वविद्यालयका एक प्राध्यापकले उनीहरुलाई लागुऔषध बेच्ने गरेको प्रहरीले थाहा पाएको छ ।

Advertisement

प्रहरीले विश्वविद्यालयका निर्देशक डा. अबुजार, सुरक्षा अधिकृत सैयद एजाज शाह र अल्ताफ नामका व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले एजाजका २ वटा फोनबाट यी पोर्न क्लिपहरु फेला पारेको हो । प्रहरीले साउन २२ गते विश्वविद्यालयमा छापा मारेको थियो तर विश्वविद्यालय प्रशासनले यो संस्था र विद्यार्थीविरुद्धको षड्यन्त्र भएको बताएको छ । यसैबीच प्रहरीले विश्वविद्यालय हाम्रो निशाना होइन, लागुऔषध तस्करलाई पक्रन चाहन्छौं भनेका छन् ।

नग्न भिडियो प्रकरणमा सुरक्षा अधिकारीसँगै विश्वविद्यालयका अन्य प्राध्यापक र कर्मचारी पनि संलग्न छन्, जसले विद्यार्थीलाई ब्ल्याकमेल गरी उक्त भिडियो एजाजलाई पठाउन भनेका थिए । युनिभर्सिटीमा विद्यार्थी र महिला कर्मचारीलाई पनि डान्स र सेक्स पार्टीका लागि जबरजस्ती गरिएको प्रहरीले जनाएको छ । दक्षिण पञ्जाबको शिक्षा विभागले पनि यस विषयमा छानबिन गर्नेछ। यसको अनुसन्धान प्रतिवेदन तीन दिनभित्र बुझाइने छ ।

अभियुक्त एजाज सेवानिवृत्त सैनिक अधिकृत रहेको प्रहरीले जनाएको छ । यो विश्वविद्यालयका पूर्व कुलपति द्वारा नियुक्त गरिएको थियो। अनुसन्धान चलिरहेको बेला प्रहरीले थप एक महिलासहित २ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । अभियुक्तहरुको साथबाट डेढ किलो चरस, २० ग्राम क्रिस्टल र ३ सय ग्राम चरस बरामद भएको छ । यी अभियुक्तहरूले शैक्षिक संस्थामा लागुऔषध आपूर्ति गर्ने गरेका थिए ।

पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाएपछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई गत २८ जुनमा पक्राउ गरिएको थियो । उनको साथबाट धेरै लागुऔषध बरामद भएको छ । उनै वित्त अधिकारी एक भ्यानवाट समातिएका थिए । उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि उपस्थित थिए । नजिकै लागुऔषध पनि फेला परेको छ ।

दुबैको फोन चेक गर्दा प्रहरी चकित भयो । जसमा युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली