ताजा अपडेट »

रोटरी क्लब रुपन्देही र रोट्रयाक क्लब राममणीको आयोजनामा सशक्तिकरण कार्यक्रम

बुधबार, १० साउन २०८०, २२ : २६
76 Shares
बुधबार, १० साउन २०८०
76 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देही तथा रोट्रयाक क्लब अफ राममणी बहुमुखी क्याम्पसको आयोजनामा बुधबार आजका युवाहरुलाई भोलीको चुनौतिका लागि सशक्त बनाउने उद्देश्यसहित ‘इम्पावरिङ टुडेज युथ फर टुमारो च्यालेन्ज’ कार्यक्रम सम्पन्न भएको छ । औपचारिक शिक्षासँगै अन्य सीप, ज्ञान र सामाजिक सशक्तिकरणमा युवाहरुको भूमिका बारे कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरी लम्सालले भोलीका चुनौतिहरुको सामना गर्नेगरी आजका युवाहरु तयार हुनुपर्नेमा जोड दिए । त्यसका लागि सामाजिक, आर्थिक तथा राजनैतिक रुपमा ज्ञान र सीप हासिल गर्नुपर्ने उनले बताए । यसैगरी रोटरी डिस्ट्रिक को चियर तथा राममणी बहुमुखी क्याम्पस सञ्चान समितिका अध्यक्ष ध्रुब धितालले शैद्धान्तिकसँगै व्यवहारिक ज्ञान र सीपको बिकासका लागि जोड दिए ।

यसैगरी डिस्ट्रिक पब्लिक इमेज चियर राजकुमार गुप्ताले कार्यक्रममा सहजीकरण गरेका थिए । ११२ जना विद्यार्थी सहभागी सहभागी भएको कार्यक्रममा सहजिकरण गर्दै गुप्ताले युवा सशक्तिकरणका लागि सबैभन्दा पहिले आत्मबल र इच्छाशक्तिको आवश्यकता औल्याए । भविष्यमा आउने जस्तोसुकै चुनौति पार गर्नका लागि आजदेखि नै युवाहरुले आफूलाई तयारी अवस्थामा राख्नुपर्ने उनले बताए । कार्यक्रम क्लबका सचिब थानेश्वर चापागाईंको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।