ताजा अपडेट »

रन्जिता प्रसाइको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक

मंगलबार, ०९ साउन २०८०, ११ : २९
6 Shares

काठमाडौं । इटहरी निवासी रन्जिता प्रसाइको स्वर रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की (कार्की जि) को शब्द रचनामा गीत तयार गरिएको हो ।

विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई घ एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाइको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समय पछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाइले बताइन् । गितमा धोका पाएपछीको वेदना पोखिएको र अहिलेको यङगर्सहरुलाइ टार्गेट गरिएको छ ।
प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ । स्यान्डिकुमार पन्डितको छायाँकन, एसडि हाउसको सम्पादन तथा सुवास शाहको गितमा निर्देशन रहेको छ । गितमा गायिका प्रसाइको प्रेमीका रुपमा कलाकार समीप निरौला र गायिका प्रसाइले स्वयमले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=vK91CU7PnP8
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।