ताजा अपडेट »

रोटरी क्लब अफ बुटवल डाउनमा पदस्थापन

विहीबार, ०४ साउन २०८०, १६ : ३१
14 Shares
विहीबार, ०४ साउन २०८०
14 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल डाउन टाउनको २२ औं पदस्थापन सम्पन्न भएको छ । क्लबको २२ औं तथा दोस्रो महिला अध्यक्षका रुपमा वर्ष २०२३/२४ का नवनिर्वाचित अध्यक्ष कमला हमालले पद ग्रहण गरिन् । लुम्बिनी प्रादेशिक अस्पतालमा ४ दशक लामो नर्स सेवा दिएकी उनी रुपन्देहीका सामाजिक संघसंस्थामा आवद्ध छिन् ।

बुधबार कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले वर्ष २०२३/२४ का नवनिर्वाचित अध्यक्ष कमला हमाललाई पदस्थापन गराए । कार्यक्रमको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले रोटरीको मुलमन्त्र स्वार्थभन्दा माथि सेवाको भावनालाई सबै रोटरीयनहरुले पालना गर्न सुझाव दिए । विश्वबाट नै पोलियो उन्मुलन जस्तो महत्वपूर्ण अभियानमा सफल भएको रोटरीको गौरबमय ईतिहास रहेको उनले बताए । नेपालमा सामाजिक हितमा लाग्न उत्प्रेरणा जगाउने क्लबको महत्वपूर्ण योगदान रहेको उनले दाबी गरे । यसैबीच वर्ष २०२२/२३ का अध्यक्ष भरत रानाले वर्ष २०२३/२४ का अध्यक्ष कमला हमाललाई पद हस्तान्तरण गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले समुदायस्तरमा जनताको विकासमा यहाँ स्थापित सामाजिक संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताईन् । यो वर्ष बुटवल शहरलाई उज्यालो बुटवलको अवधारणा पूरा गर्ने लक्ष्य लिएको भन्दै यहाँ बत्ती र हरियालीका कामहरु गरिने बताए । यो काम ढिलाई हुनुमा कानुनी अडचन बाधक भएको भन्दै अब छिट्टै पुरा हूने बताईन् । महिलाहरुको सशक्तिकरणको अभियानलाई जोड दिएर उपमहानगरपालिकाबाट तयार गरिएको कार्ययोजनासंग सहकार्य गर्ने उनले बताईन् ।

कार्यक्रममा क्लबका एजी सुनिल श्रेष्ठ, रोटरी क्लब अफ बुटवलका अध्यक्ष करुण खनाल, रोट्रयाक्ट अफ बुटवल रामापिथेकशका अध्यक्ष निरज आचार्य, क्लबका निर्वाचित अध्यक्ष शिव ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष शारदा पंगेनी, क्लबका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ, क्लबका सचिव प्रकाशराज पौडेलले विश्वमा नै सामाजिक कार्यमा अगाडी रहेको रोटरीमा युवाहरुलाई आवद्ध गराउदै रोटरी मोटो विकास गर्न जरुरी रहेको बताए ।

नवनिर्वाचित वर्ष २०२३/२४ का अध्यक्ष कमला हमालले आफ्नो कार्यकालमा वर्षभरिको योजना अनुसारका सबै योजनाहरु पूरा गर्ने तथा रोटरीको ७ वटा लक्ष्यलाई पूरा गर्ने प्रतिवद्धता जनाईन् । महिला स्वस्थ्य, सचेतनाका साथै महिला सशक्तिकरणका ७ फोकस एरियाको कामलाई निरन्तरता दिने बताईन् । पछिल्लो समय घरघरमा मानसिक समस्याको ठूलो समस्या देखिएको भन्दै
मानसिक स्वस्थ्यको क्षेत्रमा क्लबहरु मिलेर अभियान चलाउन जरुरी रहेको उनले बताए ।

वर्ष २०२२/२३ का अध्यक्ष भरत रानाले आफनो कार्यकालमा वर्षभरि शिक्षा, स्वस्थ्य, सरसफाई, स्वरोजगार तालिम, शिविर संचालनमा संयोजकको भुमिका निर्वाह गरेका संयोजक, सहयोगी सदस्यहरुलाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।