ताजा अपडेट »

आर्थिक अभावमा ४१ वर्षीया समृता थापा मगरको उपचारमा समस्या

विहीबार, ०४ साउन २०८०, १४ : २३
45 Shares

बारा।  आर्थिक अभावमा ४१ वर्षीया समृता थापा मगरको उपचारमा समस्या भएको छ । रामेछाप जिल्ला घरभई ललितपुरको लुभुमा डेरा गरी बस्ने थापाको दुबै मिर्गौलाले काम गर्न छाडेको तीन महिना भयो । उनको वीर अस्पतालको सघन कक्षा उपचार भइरहेको छ । नियमित डायलासिस भइरहेको छ । डायलासिससँगै स्वास्थ्य अवस्थामा सुधार आएको आफन्तले बताएका छन् । चिकित्सकहरुले उनलाई बचाउन र नयाँ जीवन दिन सकिने बताएका छन् । 

आर्थिक अवस्था न्यून रहेको थापा परिवारको आम्दानीको श्रोत भनेको डाइभरी हो । निजी फर्म तथा ब्यक्तिहरुको ट्याक्सी चलाउँदै आएका पीडित समृताका पति शेरबहादुर थापाले समृताको उपचारमा आर्थिक समस्या भइरहेको बताएका हुन् । समृताको उपचारमा हालसम्म १२ लाख रुपैयाँ खर्च भइसकेको छ । चिकित्सकले अझ ६ लाख रुपैयाँ लाग्ने बताएका छन् ।

'ट्याक्सी चलाएर कमाएको पैसा र ऋणधन गरेर हालसम्मको उपचार गरें । थप उपचार गर्ने पैसा हामीसँग छैन । बालक २ छोराहरुको शिक्षादीक्षा पालणपोषण गर्नुपर्ने बाध्यता पनि छ । श्रीमतीको उपचारका लागि अस्पताल धाउनु पर्दा ट्याक्सी चलाउन पाएको छैन । हामी पीडामा छौं,' समृताका पति शेरबहादुरले गुनासो गरे । 

तीन महिना पहिला जिउ सुन्निने, पेट दुख्ने, वाकवाकी लग्ने जस्ता समस्या लिएर काठमाडाैँस्थित निदान अस्पताल पुग्दा दुबै किड्नी खराब भएको थाहा भएको हो । श्रीमतीलाई श्रीमानकाे मिर्गाैला दिनेगरी हाल प्रक्रियाअगाडि बढि रहेको भएपनि चिकित्सकले भने बमोजिमको पैसा ब्यवस्थापन गर्न समस्या भइरहेको पीडितका भाई बारा जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा निवासी भिमबहादुर दर्लामीले बताए ।

'दिदीको उपचारमा मनकारीहरुको आर्थिक सहयोगको अपेक्षा गरेका छौं । सानो सहयोगले एउटी नारीले नयाँ जीवन पाउने छिन्,' उनले भने, 'त्यसका लागि दिदी समृता थापा मगरको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खाता नं.००७०७०१०१४१५५० मा रकम सहयोग गरिदिन आग्रह गर्छु ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।