ताजा अपडेट »

महोत्तरीमा पनि नर्सिङ सेवा

बुधबार, ०३ साउन २०८०, १५ : ०३
14 Shares

महोत्तरी। महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको  सम्बन्धन प्राप्त भएको छ  ।सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी  शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले  पाएको हो ।

जिल्लाको बर्दिबास नगरपालिकामा संचालित उक्त इष्टिच्युटले प्रमाणपत्र तहको ३ बर्षे नर्सिङ अध्यापन गराउने उक्त कलेजका संचालक दिपक कार्कीले जानकारी दिए ।जिल्लाका झण्डै २ हजार भन्दा बढी किशोरीहरु नर्सिङ अध्यणको लागी बाहिर गइरहेको बेला यो कलेजले केही हदसम्म भए पनि राहत प्रदान गरेको स्थानियहरुको बुझाइ छ ।

प्रारम्भिक चरणमा कलेजले ४० जनाको  सिट मात्र निर्धारण गरेको छ । यसमध्य ४ जनालाइ छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।एकजनाले नर्सिङ पूरा गर्न सिटिइभिटीले निर्धारण गरेको रकम  ६ लाख २५ हजार तिर्नुपर्ने  कलेज व्यवस्थापनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।