ताजा अपडेट »

अहिले सरकारमा जाँदैनौँ, २०८४ सालमा बहुमत ल्याएर सरकार बनाउँछौँ : केपी ओली

मंगलबार, २६ असार २०८०, १६ : ०२
12 Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । 

मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमाम आफूहरु लाागेको बताएका हुन् । 

‘अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्नु छैन,’ उनले भने । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।