ताजा अपडेट »

पाल्पामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवा पक्राउ

विहीबार, २१ असार २०८०, १९ : ५०
12 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकामाथि बलात्कार आरोपमा एक युवालाई विहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर आई हाल पाल्पाको तानसेन नगरपालिका–७ बाहुनटोलमा डेरा गरी बस्दै आएका ३१ वर्षीय कमल सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले दिएको जानकारी अनुसार आरोपित सुनारले बुधबार साझ १३ वर्षीय बालिकालाई आफ्नै कोठामा जबरजस्ती करणी गरेका थिए । पीडित बालिकाकी हजुरआमाले विहिबार प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि युवालाई नियन्त्रणमा लिइएको थापाले बताए । घटना बारे थप अनुसन्धान अघि बढेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।