ताजा अपडेट »

तलब नपाएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

बुधबार, २० असार २०८०, १३ : ००
8 Shares

चितवन ।चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।

तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् ।कर्मचारीले तीन महिनादेखिको तलब खान नपाएको बताएका छन् ।

कर्मचारीले बैशाख देखि तलब नपाएको र फार्मेसीमा औषधिको अभाव हुन थालेको बताएका छन् । कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो ।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो ।बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ ।तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।