ताजा अपडेट »

झाडापखलाले ६ वर्षीय बालककाे मृत्यु

मंगलबार, १९ असार २०८०, १५ : ४०
47 Shares

लमजुङ । झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारकाे झाडापखलाबाट मृत्यु भएकाे हाे। 

बालकलाई साेमबारदेखि झाडापखला लागेकाे आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताइन् । 

बाबु हिजाेदेखि झाडापखलाले बिरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन,बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्याे ।´

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।