ताजा अपडेट »

प्रतिपक्ष दल एमालेले रोष्टम घेरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

आइतबार, १७ असार २०८०, १६ : २३
37 Shares

बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित भएको छ । बैठक भोली सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी दिए ।

असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो । एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए । अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्यायको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका थिए । मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरु रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।