ताजा अपडेट »

नगरसभामा पारित भयो तिलोत्तमाको पौने ३ अर्ब बजेट

शनिबार, १६ असार २०८०, २० : १०
61 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०र८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गरेका थिए । सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्गदर्शन तथा कार्यक्रमलाई सर्बसहमतीमा पारित गरेको हो । बजेटमा चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । नगरसभामा बेरुजु सम्परीक्षण, न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र बिनियोजन विधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरीएको थियो । सो प्रतिबेदनमाथि छलफल गरी सर्बसम्मतिले पारित गरिएको छ।

नगरपालिकाको सभाहलमा सम्पन्न बैठकमा सदस्यहरुले राखेका जिज्ञासाको नगर प्रमुख तथा उपप्रमुखले जवाफ दिएका थिए । विभिन्न बिषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।