११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । महिला उद्यमशीलता बढाउन विपन्न र महिला उद्यमशीलता कर्जा सरल बनाउन रुपन्देहीका महिला उद्योगीहरुले माग गरेका छन् । कर्जा सहज नहुदा लक्षीत वर्गको सहभागिता नभएको रुपन्देहीका महिला उद्योगीहरुले गुनासो गरेका छन् । उद्यमशीलता विकासका लागि बैंक तथा वित्तिय संस्थाबाट दिने कर्जालाई सरल र सहज बनाउन समेत उनीहरुले माग गरे ।

Advertisement

साइन रेसुंगा डेभलपमेन्ट बैंक र संचारिका समूह लुम्बिनीले एकल तथा द्वन्दपीडित उद्यमी महिलाहरुसंग शनिबार बुटवलमा आर्थिक संवृद्धिका लागि उद्यमशीलता, महिला उद्यमशीलता विकासका लागि वित्तीय सहजता र सहुलीयत कर्जा विषयक परामर्श तथा संवाद कार्यक्रम आयोजना गरेको थियो । बैंक तथा वित्तीय संस्थालाई महिला उद्यमशीलता, साना तथा मझौला उद्योगमा १५, विपन्न वर्गमा ५, कृषिमा १५ र उर्जामा १० लगानी गर्नुपर्ने प्रावधान बनाएको छ । तर, धेरै बैंकहरुले लक्ष्यअनुसार खर्च नगर्दा समस्यामा परेको महिला उद्यमीहरुले बताए । कार्यक्रममा बोल्दै लुम्बिनी महिला उद्यमी संघकी अध्यक्ष रचना पन्थले सहुलियत कर्जा लिन भएको व्यवधान हटाउन महिला उद्यमीलाई वित्तिय साक्षरता, कर्जाको सदुपयोग र उद्यमको छनोटमा समेत बैंकहरुले सघाउनुपर्ने बताइन् । उद्यमी रीता सेनले महिलाभित्र पनि एकल, द्वन्दपीडित र सीमान्तकृत समूदायकालाई प्राथमिकतामा राखेर महिला उद्यमशीलता र विपन्न कर्जा दिन आग्रह गरिन् ।

उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले बैंकहरुले सहुलियत कर्जा दिनभन्दा बरु जरिवाना तिर्न सहज मान्दा विपन्न तथा थोरै ऋण चाहने महिला उद्यगीहरु सेवाप्रवाहबाट वन्चीत भएको बताए । चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ठूला र घरानिया उद्योगी व्यवसायीलाई मात्र कर्जा दिने परिपाटी रोक्न सके महिला उद्यमीहरु बैंकको पहुंचमा पुग्ने बताए । अर्थ विश्लेषक मनिकर कार्कीले सरकारले महिला र साना उद्यमीलाई प्रोत्साहन गर्न साना प्रविधिको विकास, उद्योग दर्तादेखि ऋण प्रवाहमा सरल प्रक्रिया अपनाउन आग्रह गरे ।

साइन रेसुंगा बैंकका डेपुटी सिइयो लोकराज पनेरुले बैंक उद्यमीका सहयोगी भएकाले परियोजना जोखीममा पर्ने अवस्था नभए कर्जा प्रवाह नरोक्ने बताउदै कोही उद्यमी हतोत्साही हुन नपर्ने बताए । उनले ६० करोड रुपैया महिला उद्यमीलाई प्रवाह भएको बताउदै विपन्न,साना उद्यमी लगायतका लक्षित र सहुलियत कर्जामा बैंक लक्ष्यभन्दा माथि रहेको बताए । उनले उद्यम गर्न चाहने महिलालाई सहज रुपमा ऋण दिन तयार रहेको उनले जनाए । राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्रराज सुवेदीले महिला, साना तथा लघु उद्यम बढाउन विपन्न कर्जामा बैंकहरुले विनाधितो परियोजना हेरेर पनि ऋण प्रवाह गर्न अनिवार्य गरेको बताए । उनले कुनै बैंकले लक्षीत वर्गको सहुलियत कर्जा दिन आनाकानी गरे राष्ट्र बैंकलाई जानकारी दिन पनि उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन