१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

सुर्खेत। १७ चैत २०७९ मा जाजरकोटमा नेकपा माओवादी केन्द्रनिकट युवा स‌गठन वाईसीएल  जाजरकोटका अध्यक्ष यज्ञराज बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरे । जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ बस्ने वर्ष २७ का बस्नेतले भेरी नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेका हुन् ।

Advertisement

संघीय सरकारका ऊर्जा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतका दाइका छोरा बस्नेतले नगरपालिकामा पार्किङ गरेर राखेको कर्णाली प्रदेश ०२००१ झ ०११७ नम्बरको एम्बुलेन्सको सिसा फुटालेको थिए । १७ चैतको साँझ करिब ८ बजे भेरी नगरपालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स तोडफोड भेरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसीले बताए ।

भेरी नगरकार्यपालिकाको बैठक संचालन भइरहेको समयमा बाहिर ठेक्का सम्बन्धी केही व्यक्तिहरुको विवाद गर्दै बस्नेतले एम्बुलेन्स तोडफोड गरेका थिए । बिरामी पुर्‍याएर फर्किएको पार्किङका लागि राखेको एम्बुलेन्सकाे सिसा फुटेको थियो ।

सार्वजनिक सम्पत्तिमा तोडफोड भएको भन्दै तत्काल बस्नेतलाई आवश्यक क्षतिपूर्ति तिर्न नगरपालिकाले कागज गराएको थियो । जानाजान सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याउने उद्देश्य आफ्नो नरहेको बस्नेतले स्वीकार गरेका थिए ।

भुलवस अन्जानमा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै बस्नेतले क्षमा मागेका थिए । आफ्नो कारणले एम्बुलेन्समा भएको क्षतिबापतको रकम तिर्न आफू तयार रहेको समेत बताएका थिए । घटना भएको तीन महिना बितिसक्दा पनि उनले क्षतिपुर्तिबापत पैसा तिरे नतिरेको कसैलाई पनि जानकारी छैन । यता, नगरपालिकाले भने उनले पैसा तिरिसकेको भने दाबी गरेको छ ।

पैसा तिरेको हाकिमलाई समेत थाहा छैन

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीले वाईसीएल जाजरकोटका अध्यक्ष बस्नेतले नगरपालिकाको एम्बुलेन्स तोडफोड गरेको आफूलाई जानकारी भएको र क्षतिपुर्तिबापत रकम तिरेको भने कुनै पनि जानकारी नभएको बताए । उनले रकम तिर्छु भनि कागज गरेको तर आफुलाई पैसा तिरेको कुनै पनि जानकारी नभएको उनले बताए ।

‘एम्बुलेन्स तोडफोड गरेको स्वीकार गर्दै पैसा तिर्छु भनी कागज समेत गर्नुभएको थियो’ उनले भने, ‘तर के गर्नुभयो त्यो मलाई केही जानकारी भएन्, एम्बुलेन्स मर्मत भइसक्यो सायद तिर्नुभयो होला ।’

यस्तै नगरपालिका राजश्व शाखा प्रमुख प्रकाश बटालाले पनि पैसा तिरे नतिरेको आफूलाई कुनै पनि जानकारी नभएको बताए । ‘तिर्छु भन्नुभएको थियो तर के गर्नुभयो मलाई केही जानकारी भएन,’ उनले भने । यस्तै, वाइसियलका अध्यक्ष बस्नेतलाई सम्पर्क गरी यस विषयमा बुझ्न खोज्दा उनले कुनै पनि जवाफ दिन चाहेनन् । ‘गएको कुरा किन गर्नुपर्‍याे, मैले जानी जानी तोडफोड गरेको हो र ? जे भइसक्यो भइसक्यो । तपाइँलाई के भयो भन्दै उल्टै उनले राम्रोसँग पत्रकारिता गर्न धम्की समेत दिए ।

रकम तिरिसक्नुभयो भरपाइ बनाएन गल्ती भयो :  जिन्सी प्रमुख थापा

भेरी नगरपालिका जिन्सी शाखा प्रमुख कृर्तिबहादुर थापाले बस्नेतले क्षतिपुर्तीबापत ५ हजार ५०० रुपैयाँ तिरिसकेको बताए । उनले एम्बुलेन्सको सिसा फुटाएको एक हप्तापछि कार्यालयमा आएर पैसा बुझाएको जानकारी दिए । ‘हामीले गाडी कला मोटर पाटर्स नेपालगञ्जमा बनाएका थियौँ, गाडी बनाएबापतको रकम ५ हजार ५००  मैले मेराे खाताबाट हालेको थिएँ,’ उनले भने, ‘त्यसपछि उहाँ कार्यालयमै आएर मलाई ५ हजार ५०० रुपैयाँ दिनुभयो । तर, मैले बिल भरपाई केही पनि बनाएन गल्ती भयो ।’

उनले भनेको कुरालाई आधार मान्दा बस्नेतले तिरेको पैसा थापाले व्यक्तिगत खर्च चलाएको बुझिएको छ । सरकारी राजश्व सरकारको खातामा दाखिला गर्नुपर्ने कानुनी प्रावधान छ । तर, भेरी नगरपालिका कर्मचारी व्यक्तिगत खातामा पैसा असुली गर्दै आएका छन् । नगरपालिका राजश्व प्रमुख र स्टोर प्रमुख थापाले व्यक्तिगत खातामा पैसा लिएर व्यक्तिगत खर्च चलाउने गरेको स्रोतले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली