ताजा अपडेट »

पहिरोमा पुरिएर नुवाकोटमा एकको मृत्यु

विहीबार, ३२ जेठ २०८०, १८ : ११
6 Shares
विहीबार, ३२ जेठ २०८०
6 Shares

नुवाकोट । बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।