ताजा अपडेट »

लागुऔषधसहित तीनजना पक्राउ

बुधबार, ३१ जेठ २०८०, १३ : ३१
8 Shares

काठमाडाैं । बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष  सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई  दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय तोरण बहादुर थापा र २४ वर्षीय किसन पौडेल रहेका छन् ।थापाको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।