ताजा अपडेट »

रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट हुँदै

मंगलबार, ३० जेठ २०८०, १० : ५०
10 Shares

काठमाडौ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार  मंगलबार अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । 

मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ । 

कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।