ताजा अपडेट »

अष्ट्रेलियामा हुने नेपाली फुटबल बारे एन्फा उपाध्यक्ष लामा र राजदुत पोख्रेलबीच छलफल

सोमबार, २२ साउन २०८०, ०७ : ४५
10 Shares

बुटवल । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखेरल बीच अष्ट्रेलियामा हुने नेपाली फुटबल गतिविधीलाई लिएर छलफल भएको छ । अष्ट्रेलियामा रहेर समग्र नेपाली फुटबललाई माया गर्ने बिभिन्न क्लब तथा संघसंस्थाहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको एन्फा उपाध्यक्ष लामाले बताए ।

हाल अष्ट्रेलिया भ्रमणमा रहेका लामाले नेपाली फुटबललाई माया गर्दै अष्ट्रेलियाका विभिन्न शहरमा स्थापित भएका बिभिन्न क्लबलाई एन्फाससँग आबद्ध गराउँदै प्रतियोगिता मात्र सञ्चालन नगरी व्यवस्थित गर्ने विषयमा राजदुत पोख्रेल पनि सकारात्मक रहको बताए । गैर आबासीय नेपाली संघ (एनआरएन) को पनि नेपाली फुटबलको बिकास र बिस्तारमा अतुलनीय योगदान रहेको भन्दै अष्ट्रेलियामा हुने प्रतियोगितालाई एन्फासँग जोडेर ग्रासरुटबाटै प्रतियोगिता संचालन गर्नुपर्नेमा दुवैको जोड रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।