ताजा अपडेट »

बुटवलको देविनगरमा ढुङ्गाले हानेर एक पुरुषको हत्या, २ जना पक्राउ

आइतबार, २८ जेठ २०८०, १५ : ०४
68 Shares
आइतबार, २८ जेठ २०८०
68 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नावालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले बताए । बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा र्पस लुटपाट गर्ने उद्देश्यले ढुङ्गाले टाउको लगायतका अङ्गहरुमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।

‘चौधरी थरको भन्ने आएको छ, अन्य थप जानकारी संकलन गर्ने काम जारी रहेको छ ।’–प्रहरी निरीक्षक पौडेलले भने । हत्यामा संलग्न युवाहरु बजार क्षेत्रमा लागुऔषध सेवन गर्ने तथा लुटपातका गतिवधि समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।