१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

मुम्बईठ । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ ।

Advertisement

कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् ।केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो । यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन् । कंगनाले यही कुरा प्रति इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन् ।

‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदैछ भन्ने सुन्दैछु । जहाँ एक सेतो मुसा, जो कथित रुपमा अभिनेता छ । जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ । जो नारीकरणका लागि चिनिन्छ र लागुऔषध  दुर्ब्यसनी पनि हो । जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन । अब आफूलाई राम बनाउने तयारीमा छ ।’

उनी थप अगाडी लेख्छिन, ‘जबकी एक युवा सुपरस्टार, जो आफैं बनिएका हुन् । एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ । जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ, उनी चाहिँ रावणको भूमिका निभाउँदैछन् । यो कस्तो किसिमको कलियुग हो । कोही पहेलो रंगको लागुऔषध  दुर्ब्यसनीले रामको भूमिका निभाउनु हुँदैन । जय श्री राम ।’ उनले अगाडि लेखेकी छन्, ‘यदि तपाईं ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु । म सँग निहुँ नखोजनुहोला । मबाट टाढै रहनु ।’

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता