ताजा अपडेट »

तिनाउको मस्याम एकीकृत क्याम्पसमा शैक्षिक विमर्श

शनिबार, २० जेठ २०८०, ११ : ३७
14 Shares

तिनाउ । तिनाउ गाउँपालिकाकाे एकमात्र मस्याम एकीकृत क्याम्पसमा शनिवार क्याम्पसकाे ईतिहास, वर्तमान तथा भविष्यका सन्दर्भमा शैक्षिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । विमर्श कार्यक्रममा शिक्षा समिति, तिनाउका संयाेजक एवम् गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउकाे शैक्षिक विकासका लागि मस्याम एकीकृत क्याम्पसकाे भूमिका महत्त्वपूर्ण रहेकाे र रहने बताए । साथै गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले वैज्ञानिक शिक्षालाई जाेड दिनका लागि तिनाउमा विज्ञान विषयलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा तिनाउ-६ का वडाध्यक्ष टाेमबहादुर पुनले तिनाउले मस्यामलाई शैक्षिक क्षेत्रका विकास गर्न जाेड दिएका थिए । साे कार्यक्रममा समितिका सदस्यहरु राजेश श्रेष्ठ र दलबहादुर गुरुङले मस्याम एकीकृत क्याम्पसले आफू बहुमुखी र प्राविधिक शिक्षामा जाेड दिन अनुराेध गरेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख गाेपाल श्रेष्ठले आफ्नाे क्याम्पसकाे समग्र विषयमा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा पूर्वक्याम्पस प्रमुख घनबहादुर कार्की, दमबहादुर कार्की,पृथ्वी ज्ञवाली,टीकाराम भण्डारी  लगायतले क्याम्पसकाे उन्नति र प्रगतिका गाथासहित भविष्यकाे साेच लिएर अघि बढेकाे बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।