५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

भैरहवा । बिद्यालयको शैक्षिक गुणस्तर सुधार गरि यसलाई राम्रो बनाउन सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिहिबार भानु माध्यमिक बिद्यालयलमा सम्पन्न भएको शैक्षिक गुणस्तर वृद्धि एवम असल बिद्यालय बनाउनका लागि सरोकारवालाको भूमिका सम्बन्धि अन्तरक्रिया एवम प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमलाई सहजीकरण गर्दै शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, कर्मचारी, बिद्यालय ब्यवस्थापन समितिको प्रयासले मात्र सम्भव नहुने बताए । उनले समग्र बिद्यालयलाई राम्रो बनाउन यी सबैको अतिरिक्त अभिभावक, बिद्यार्थी, सल्लाहकार, जनप्रतिनिधिहरुको भुमिका पनि महत्वपूर्ण रहेको बताए । उनले असल बिद्यालय बनाउने बिभिन्न खाकाहरु सहितको प्रशिक्षण प्रदान गरेका थिए ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष फैज मोहम्मद खाँनको अध्यक्षता, शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भानु माध्यमिक बिद्यालयका प्रअ मोतीलाल सुवेदी, शिक्षक अभिभावक संघ, सल्लाहकार, प्रतिनिधिमूलक अभिभावक, सबै कक्षाकाभ मोनिटर बिद्यार्थीहरु, शिक्षक कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ