१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काठमाडौं। नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को फस्टलुक सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो फिल्मको पोस्टरमा दुई महिला र एक बालक फिचर्ड छन् । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि  छन् ।

Advertisement

फिल्मकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो फिल्मको थिम बुझाउने बताईन् । ‘अटिजम भनेको कुनै रोग होइन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्ध हामीले फिल्ममा कथा उठान गरेका छौं । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैंले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसङ्ग फिल्ममा पाइन्छ,’ उनले भनिन् ।

उनले सम्बन्धलाई सार्वजनिक गर्न चाहने एक आमाको संघर्ष पनि फिल्ममा रहेको बताईन् । ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस फिल्ममा रहेको छ । बच्चाको अटिजम समस्यासँगै सम्बन्ध सार्वजनिक गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो’, पण्डितले खुलाइन् । फिल्ममा पण्डितको अभिनयसँगै लेखन र निर्देशन छ ।

फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले फिल्म निर्माण गरेको हो । फिल्मको रिलिज मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर