१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना ९डिडिसी० र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दुध तथा दुग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष ‘जुन फस्ट’ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ ।

Advertisement

सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दूध उपभोक्तासमक्ष पु¥याउन व्यवसायीहरूलाई आग्रह गरे । पाठकले गोठदेखि ओठसम्म दुधमा शुद्धता हुन आवश्यक रहेको बताउदै त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेकोमा जोड दिए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डन ९मेसु० डा। सुदर्शन थापाले स्वच्छ दुध नियमित सेवनले धेरै स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउन सक्ने बताए । नेपाल डेरी एशोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले दूधको खपत बढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल डेरी एशोसिएसनका सल्लाहकार हिरा केसी, दुग्ध वितरण संस्थान ९डिडिसी० का लुम्बिनी प्रदेशका निमित्त प्रमुख निरञ्जन भट्टराई, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल स्वमंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्ण भट्टराई, डेरी एशोसिएसनका केन्द्रीय सहसचिव शिव भुसाल, केन्द्रीय सदस्य भुवन न्यौपाने, खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल लगायतले बोलेका थिए ।

नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षता, रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण पौडेलको स्वागत तथा नेपाल डेरी एशोसिएसन केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ