१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्तीले राज्यमा सबै जात जाति तथा समुदायको समान सहभागीताका लागि जोड दिएका छन् । नेपाल मगर महिला संघ बुटवले विहिबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै घर्तीले आर्थिक, सामाजिक, राजनैतिक तथा साँस्कृतिक रुपमा सबै जात जाति र मुदायलाई राज्यका हरेक क्षेत्रमा समान सहभागिता लागि समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए ।

Advertisement

मगर समुदायबाट निर्वाचित वडा, गाउँ, नगर तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा सभामुख घर्तीले मगर समुदायको विकास र समृद्धिका लागि अब व्यवसायीक र उद्यमशिलतामा जोड दिए । राज्यका विभिन्न तहमा मगर समुदायको पहुँच वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले अब उनीहरुबाट पाठ सिक्दै आर्थिक तथा समाजिक क्षेत्रमा थप फड्को मार्नुपर्नेमा जोड दिए । नेपालका ईतिहासमा समेत मगर मुदायले विर गोर्खालीका उपाधी प्राप्त गरेको स्मरण गर्दै उनले उनीहरुले नेपाल बचाउन देखाएको विरतालाई कायम राख्दै समय परिवेश अनुसार राजनीतिक तथा सामाजिक आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्नेमा जोड दिए । मगर समुदायका विर पूर्खाहरु नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा, जीत गढी किल्लामा अँग्रेजलाई हराउन सफल कर्णेल उजिर सिंह थापा, प्रथम सहिद लखन थापा लगायताको योगदानलाई भुल्न नहुने उनले बताए ।

कार्यक्रममा सभामुख घर्तीसहित लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष यमबहादुर गाहा (मिलन), बुटवल उपमहानगरका प्रवक्ता शिव राना तथा वडा अध्यक्षहरु ज्ञानबहादुर रेश्मी, पदमराज गाहा, बलबहादुर पुन, नारायणप्रसाद पुन तथा चन्द्र सिंह थापा लगायतलाई सम्मान गरिएको थियो । यसैगरी वडा सदस्यहरु पम्फा थापा, पुनम थापा, मिनबहादुर सारु, राधिका थापा, धुर्व थापा, तुलबहादुर राना, सल्लाहकार रुपसिंह थापा, सकुन्तला पुन, सुन्दर तरामु लगायतलाई खादा तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

मगर महिला संघ बुटवल नगर अध्यक्ष गोममाया थापा मगरको अध्यक्षता, सचिव तिर्थकुमार सोमै रानाको सञ्चालन तथा कोषाध्यक्ष नन्दा थापाको स्वागतसति भएको कार्यक्रममा मगर मुदायको बिकास र उत्थानका सवालमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै सहभागीहरुले अब मगर समुदायको बिकास लागि उद्यम तथा व्यवसायिकताका माध्येमबाट आर्थिक समृद्धिमा जोड दिनुपर्ने उल्लेख गरेका थिए । मगर समुदायमा भएका विभिन्न साँस्कृतिक सम्पत्तिको संरक्षण गर्दै त्यसैका माध्यमबाट आर्थिक र उद्यममा जोड्नु पर्ने उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा