६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोली महुत्वपूर्ण सदस्य सन्दीप लामिछानेविना नै दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

Advertisement

दक्षिण अफ्रिका जान नपाएका सन्दीपले आफ्नो टिमलाई सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले बधाई दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘मलाई तपाइँहरूको क्षमताप्रति पूर्ण विश्वास छ । तपाइँहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामू आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाइँहरुका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाइँहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना ।’

आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् ।

दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ । जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने प्रतियोगितामा समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

नेपाली टोलीले जुन १८ तारिखमा जिम्बावेसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल जुन २० मा अमेरिकासँग, तेस्रो खेल जुन २२ मा वेस्ट इन्डिजसँग र चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

विश्वकप छनोटको समूह ’बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । दुबै समूहको शीर्ष तीन टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछि शीर्ष स्थानमा रहने दुई टोली आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतमा आयोजना हुँदैछ । आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान भने विश्वकपका लागि छनोट भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ