ताजा अपडेट »

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

मंगलबार, १६ जेठ २०८०, १५ : ४६
41 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएका युवाहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।

अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा उत्रिएका हुन् । 

यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले फैसलाको सुनुवाइ गरेन । उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको हो । साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् । उनको लिगल टिमले मुद्दाको किनारा नलागेकाले सन्दीपलाई नपठाउने निर्णय गरेको हो । 



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।