१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

लसएन्जल्स । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेप पछिल्ला दिनमा व्यक्तिगत जीवनका कारण चर्चामा आए । उनी र उनकी पूर्व पत्नी एम्बर हर्डबीच भएको कानुनी लडाईंमा सबैको नजर थियो । तर यी दुईबीचको मुद्धा टुंगो लागेसँगै अभिनेता निजी जीवनका कारण पुनः चर्चामा छन् ।

Advertisement

हालै फ्रान्समा सम्पन्न ‘कान्स फिल्म फेस्टिभल’मा उनले ‘आफूलाई हलिउडको आवश्यकता नरहेको’ बताएपछि चर्चामा छन् । जोनी अभिनयमा मात्र होइन, सांगीतिक क्षेत्रमा पनि उत्तिकै चिनिएका छन् । यिनै जोनीले स्वास्थ्य समस्या देखाउँदै आफ्नो आगामी सांगीतिक यात्रा रद्द गरेका छन् ।

जोनीले आफ्नो व्याण्डका साथ एक सांगीतिक यात्रा गर्ने तयारी गरिरहेका थिए । तर उनको खुट्टाको जोर्नीमा फुटेपछि उनले यात्रा रद्द गरेका हुन् । उनले आफ्नो इन्स्टाग्रामबाट आफू घाइते भएको जानकारी दिँदै चिकित्सकले सबै गतिविधिबाट केही समयका लागि टाढा रहन सुझाव दिएको उल्लेख गरेका छन् ।

‘मलाई यो कुरा भनिरहँदा दुःख लागेको छ कि मेरो खुट्टाको जोर्नी फ्याक्चर भएको छ । यो एक हेयरलाइन ब्रेक थियो, तर कान्स र रोयल अल्बर्ट हलको बेला यो राम्रो हुनुको सट्टा झन बिग्रियोा । कैयौं चिकित्सकले मलाई दृढताका साथ मलाई यो समय कुनै गतिविधि नगर्न सुझाव दिएका छन् । यो समय म सांगीतिक यात्रा गर्न असमर्थ छु,’ उनले लेखेका छन् ।

उनले पोस्टमा व्याण्डका केही अआगामी कन्सर्टको मिति पुनः फाइनल गर्न र त्यो रद्द हुनुपर्ने कारण पनि लेखेका छन् । ‘म र मेरो व्याण्डले न्यू हेम्पशायरमा प्रस्तुत हुन पाएनौं । यसको मलाई निकै दुःख लागेको छ । तपाईंहरु नडराउनुहोला । हामी युरोपमा तपाईंहरु सबैका लागि एक अद्भुत शो ल्याउँछौं । यो गर्मीको अन्त्यमा इस्ट कोस्टमा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले लेखेका छन् ।

जोनी रक सुपरग्रुप हलिउड भेम्पायर व्याण्डको हिस्सा हुन् । जसलाई सन् २०१२ मा जोनी, एलिस कुपर र जो पेरीले स्थापना गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ