५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

पेरिस । यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन् ।

Advertisement

यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ । यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन् ।

अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया प्रति आलोचना गरेकी थिइन् । ‘यी विरोध प्रदर्शहरुलाई स्तब्ध पार्ने गरी दमन गरिएको थियो’, हलिउड स्टार जेन फोन्डाबाट अवार्ड प्राप्त गरेपछि जस्टिनले भनिन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीमा सुधार गर्ने भन्दै सेवा निवृत्तको उमेर ६२ बाट ६४ पुरयाएपछि फ्रान्समा विरोध भइरहेको छ ।फेस्टिभलको दोस्रो ठूलो पुरस्कार ‘द ग्राण्ड प्रिक्स’ ब्रिटिस निर्देशक जोनाथन ग्लेजरले ‘द जोन अफ इन्ट्रेस्ट’का लागि जिते । यो फिल्म दिवंगत मार्टिन अमिसको उपन्यास ‘द जोन अफ इन्ट्रेस्ट’मा आधारित छ ।

फेस्टिभलमा जापानी अभिनेता कोजी याकुसोले फिल्म ‘विम वेन्डर्स परफेक्ट डेज’का लागि ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते । फिल्ममा कोजीले टोकियोमा शौचालय सफा गर्ने मध्यम उमेरका युवाको भूमिका निभाएका छन् । त्यस्तै टर्कीकी मर्भ डिजडरले ‘एबाउट ड्राइ ग्रासेस’का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पोल्टामा पारिन् । भियतनामी–फ्रान्सेली निर्देशक ट्रान एन्ह हुङ ‘पोट–अउ–फिउ’का लागि ‘उत्कृष्ट निर्देशक’को हकदार बने । यो फिल्मले १९ औं शताब्दीमा फ्रान्सेली महलमा भएको जुलाइटी बिनोचे र बिनोट मागिमेलको प्रेमकथालाई देखाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ