११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

नयाँदिल्ली। भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् ।

Advertisement

नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई अस्विकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन । तर, मोदीको बिपक्षीको आग्रह अस्विकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।

प्रतिपक्ष दलहरुले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद भवन उदघाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले  बिपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ ।

नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।

नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धांजलि ब्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन् । नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निमार्ण भएको हो ।

लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छभने तल्लो सदन अर्थात राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ ।

गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामुहिक निर्णयको घोषणा गरेका थिए । उनीहरुले नयाँ संसद भवन राष्ट्रपतिवाट उदघाटन गराउनु पर्ने माग राखेका थिए । तर, बिपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उदघाटन गरेका हुन ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा