ताजा अपडेट »

खुकुरी प्रहारबाट युवतीको हत्या

शुक्रबार, १२ जेठ २०८०, ११ : ३७
4 Shares

संखुवासभा । संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ ।

खाँदबारी नगरपालिका–१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ । 

युनाको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।